logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • निर्यात वृद्धिबारे चेम्बर र उद्योग सचिवबीच छलफल

    निर्यात वृद्धिबारे चेम्बर र उद्योग सचिवबीच छलफल

    3.1K
    Shares
    निर्यात वृद्धिबारे चेम्बर र उद्योग सचिवबीच छलफल

     

    काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले निर्यात प्रर्वद्धनको सम्भावनाबारे उद्योग सचिव डा. तोय नारायण ज्ञवालीसंग आज छलफल गरेको छ । औद्योगिक वातावरण बनाएर निर्यात प्रर्वद्धन गर्न सकिने बिभिन्न विकल्पमा चेम्बरले उद्योग सचिव डा ज्ञवालीसंग छलफल गरेको हो । उत्पादन वृद्धि मार्फत निर्यात प्रर्वद्धनका लागि चेम्बरले सचिव ज्ञवालीलाई १६ वुँदे ध्यानकर्षण पत्र समेत बुझाएको छ ।

    चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले निर्यात प्रर्वद्धनका लागि सातै प्रदेशमा निर्यात घर खोल्न आग्रह गरे । उद्योगिक क्षेत्रमा वैदेशिक लगानी एवं सिप प्रर्वद्धन गर्नका लागि सरकार र चेम्बर अफ कमर्सबीच सहकार्य गर्न लागिएको अध्यक्ष मल्लले बताए । उनले भने, ‘विदेशमा सिकेको सिप र लगानी हाम्रा उद्योगहरुमा प्रवद्र्धन गर्न सकियो भने कहाली लाग्दो व्यापार घाटा कम गर्न सकिन्छ । यसका लागि सरकारसंग हातेमालो गर्न चेम्बर सदैब तयार छ, ।’

    औद्योगिक व्याजदर बढ्दा उत्पादन लागत बढेकाले उद्योगहरुमा एकल व्याजदरको व्यवस्था कायम गर्न पनि अध्यक्ष मल्लले आग्रह गरे । दश करोड रुपै“या बराबरको विद्युत खपत गर्ने उद्योगलाई मात्रै १० प्रतिशत छुट दिएको भन्दै अध्यक्ष मल्लले सबै खाले उद्योगमा सहुलियत दिने हो भने निर्यात प्रवद्र्धन गर्न सकिने बताए ।

    मुख्य मुख्य भन्सार नाकामा उच्चस्तरीय प्रयोगशाला नहु“दा नेपाली वस्तुहरुको निर्यातमा पटक पटक समस्या आउने गरेको अध्यक्ष मल्लको भनाई छ । यस्तै उद्योगहरुमा वातावरणीय प्रभाव मुल्यांकन ईआईएको व्यवस्थामा सहजीकरण गरिदिन पनि अध्यक्ष मल्लले सचिव ज्ञवालीस“ग आग्रह गरे । चेम्बर पदाधिकारीस“गको भेटका क्रममा उद्योग सचिव ज्ञवालीले औद्योगिक प्रर्वद्धन बोर्डमा निजी क्षेत्रका तर्फबाट चेम्बरको प्रतिनिधित्व गराउन आफूले पहल गर्ने बताए ।

    विदेशबाट फर्किएका युवाहरुको सिप र लगानी प्रवद्र्धनका लागि छुट्टै नीतिगत व्यवस्थाको तयारी भइरहेको ज्ञवालीले बताए । यसका लागि वैदेशिक रोजगार सम्बन्धी छुट्टै रोष्टर बनाउने तयारी भइरहेको ज्ञवालीको भनाई छ । बार्षिक ९ खर्ब रुपै“या बराबरको निर्यात क्षमता भएपनि यसबाट लाभ लिन नसकिएको ज्ञवालीले बताए । चेम्बरका पदाधिकारीस“ग सचिव ज्ञवालीले उद्योगहरुमा वातावरणीय प्रभाव मुल्यांकन ईआईएको सहजीकरणमा आफूले पहल गर्ने बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend