काठमाडौं । एन आई सी एशिया बैंकले सर्वश्रेष्ठ बचत खाता योजना अन्तर्गत बैंकका विभिन्न शाखामा बचत खाता खोलेका ३ जना ग्राहकको दुर्घटनामा परि मृत्यु भएपछि बैंकले मृतकका परिवारलाई बीमा वापत प्रतिव्यक्ति रू १० लाखको दरले कुल रू ३० लाख बीमा रकम भुक्तानी गरेको छ ।
बीमा लाभ प्राप्त गर्नेमा स्व. शिव प्रसाद सुवेदीको श्रीमती लक्ष्मी ढकाल, स्व. टंक प्रसाद घिमिरेको श्रीमती डिली घिमिरे र स्व. ज्ञान बहादुर चौधरीको श्रीमती अनिता चौधरी छन् । खातावालहरुको हिताधिकारीहरुलाई बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी र सुदुरपश्चिम प्रदेश प्रमुख सुवास जोशीले फरक फरक कार्यक्रमका बिच बीमा रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् । बैंकले सो बीमा रकम नेपाल इन्स्योरेन्ससँगको सहकार्यमा भुक्तानी गरेको हो ।
बैंकको बचत खातामा उपलब्ध बीमा सुरक्षण योजना अन्तर्गत हालसम्म देशभरका १४६७ जना भन्दा बढी ग्राहकले घातक रोग बीमा वापत रू २ करोड ४० लाख, दुर्घटना बीमा वापत रू ७० लाख र मेडिकल बीमा वापत रू ३ करोड ३ लाख गरी कुल रू ६ करोड १३ लाख भन्दा बढी बीमा रकम प्रदान गरेको बंकका सुचना अधिकारी सुधिर नाथ पाण्डेले जानकारी दिए ।
देशको दुरदराजमा रहेका लाखौं ग्राहकमाझ सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आइरहेको एन आई सी एशिया बैंकले निक्षेप रकमको १० गुणासम्म मुद्दती रकम फिर्ता हुने उच्च प्रतिफलको साथमा ४ जनालाई ५ वर्षको लागि रू ८४ लाखसम्मको बीमा सुविधा रहेको ‘एन आई सी एशिया सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना’ सार्वजनिक गरेको छ ।