logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • फोहोर खसाल्न नदिन बञ्चरेडाँडामा स्थानीयको माइकिङ

    फोहोर खसाल्न नदिन बञ्चरेडाँडामा स्थानीयको माइकिङ

    8.9K
    Shares

    काठमाडौं । बञ्चरेडाँडामा आज विहानैबाट स्थानीयले फोहोर बोकेको गाडी रोकेका छन् । काठमाडौंबाट फोहोर बोकेर गएको गाडी स्थानीयले रोक्दै प्रहरी र सवारी चालकलाई जबरजस्ती नगर्न माइकिङ गरेका हुन् । उनीहरुले महानगर स्थानीयको माग प्रति गैर जिम्मेवार भएको भन्दै ‘५० हजार मान्छे मार्न खोजेको’ आरोप लगाएका छन् । माइकिङबाट प्रहरीलाई स्थानीयले झुटो मुद्दा खारेज गर्न र दमन रोक्न माग गरेका छन् ।

    उनले माग पुरा नभए स्थिति मुठभेडतर्फ जाने चेतावनी दिएका छन् । मंगलबार काठमाडौंबाट गएका कुनैपनि गाडीले फोहोर फाल्न सकेका छैनन् । अहिले नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनीवेशी नगरपालिकाको क्षेत्रमा सडकमा युवाहरु जम्मा भएका छन् भने डाँडा डाँडामा महिला र वृद्धवृद्धाहरु गएर बसेका छन् । काठमाडौं महानगरपालिकाले हिजो सोमबार बन्चरेडाँडामा प्रहरी परिचालन गरेर फोहोर विसर्जन गरेको थियो । २ सय ५० भन्दा धेरै प्रहरी परिचलान गरेर २ सय ३ गाडी फोहोर विसर्जन भएको थियो ।

    काठमाडौं महानगरपालिका अनुसार ककनी गाउँपालिकाको कागते गाउँभन्दा माथि फोहोर बोकेर गएका गाडीहरु लाइन लगाएर राखिएको छ । काठमाडौं परिसर, नुवाकोट र धादिङबाट प्रहरी आएपछि मात्रै महानगरको फोहोरको गाडी एकैचोटी बञ्चरेडाँडा लैजाने तयारी गरेको महानगरका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए । महानगरले आज २ सय ५० गाडी फोहोर लोड गरेको छ । जुन गाडीहरु कागतेसम्म पुग्दैछन् ।

    जिल्ला नुवाकोटका अनुसार ४० ५० जना प्रहरी बञ्चरेडाँडामै रहेका छन् । नुवाकोटका प्रहरी प्रमुख प्रहरी उपरीक्षक एसपी रमेश पण्डितले आवश्यक परे मात्रै ब्याकअप फोर्स खटाउने तयारी भएको जानकारी दिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend