logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • काठमाडौंमा फोहोरको समस्या गत वर्षहरुमा भन्दा बढि भएको भन्दै व्यवस्थापनका लागि सरकारलाई दवाव

    काठमाडौंमा फोहोरको समस्या गत वर्षहरुमा भन्दा बढि भएको भन्दै व्यवस्थापनका लागि सरकारलाई दवाव

    2.1K
    Shares
    काठमाडौंमा फोहोरको समस्या गत वर्षहरुमा भन्दा बढि भएको भन्दै व्यवस्थापनका लागि सरकारलाई दवाव

     

    काठमाडौं । सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसकी सांसद हिरा गुरुङले काठमाडौंमा फोहोरको समस्या गत वर्षहरुमा भन्दा पनि बढि भएको भन्दै त्यसको व्यवस्थापनका लागि काम गर्न सरकारलाई दवाव दिइन् । उनले बाढिपहिरो र डुबान पीडितहरुलाई राहत दिने काममा ढिलाई नगर्न पनि सरकारलाई सचेत गराइन् ।

    सांसद गुरुङले भनिन्, ‘हरेक वर्ष नयाँनयाँ समस्याको रुपमा देखा परेको फोहोर व्यवस्थापन यसपाली झनै ठूलो समस्याको रुप लिएर आयो । पूरै काठमाडौं दूर्गन्धित भईसकेको छ । सरकारले महानगरको र महानगरले सरकारको मुख हेरेर बस्न मिल्दैन । प्रशासन लगायर बञ्चरेडाँडामा दुई सय टिपर फोहोर फाल्दैमा सरकारले काम गरेको भन्न मिल्दैन ।

    यसको दिर्घकालीन समस्या समाधानको निम्ति सभामुखमार्फत काम गर्न सरकारको ध्यानाकर्षण गराउन चाहन्छु । वर्षेनी जाने बाढिपहिरोले जनधनको क्षति भएका जनताहरुलाई उचित व्यवस्थापन गर्ने भनिएपनि कार्यान्वयन पक्ष ढिलासुस्ती भएको हुँदा पीडितहरु आक्रोशित भएका समाचारहरु अखवारहरुमा दिनहुँजस्तो आईरहन्छ । जुरे पीडितले अझै पनि बासको व्यवस्था नपाएकाले ती पीडितहरुलगायत सबैलाई बासको व्यवस्था गर्न सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण गराउन चाहन्छु ।’


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend