logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • प्रधानमन्त्री देउवाको आश्वासनपछि मधेस सरकारको धर्ना रोकियो

    प्रधानमन्त्री देउवाको आश्वासनपछि मधेस सरकारको धर्ना रोकियो

    5.2K
    Shares

    जनकपुरधाम । मधेश प्रदेश सरकारले प्रहरी समायोजनको माग गर्दै थालेको आन्दोलन स्थगित गरेको छ । प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले प्रधानमन्त्री शेरबहादुर देउवाले प्रहरी समायोजनको विषयलाई प्राथमिकतामा राखेर काम गर्ने आश्वासन दिएपछि धर्ना बन्द गरिएको जानकारी दिए ।

    आइतबार र सोमबार धर्ना बसेपछि मंगलबारदेखि आन्दोलन स्थगित गरिएको हो। यस्तै धर्नास्थलमा उपस्थित प्रदेश प्रमुख हरिशंकर मिश्रले संघ सरकार प्रहरी समायोजनमा गम्भीर र सकारात्मक रहेको र निर्वाचन लगतै गर्ने आश्वासन दिएको जानकारी दिए ।

    प्रहरी समायोजन गरी प्रदेश सरकारलाई हस्तान्तरण गर्न पटक पटक संघीय सरकारलाई दवाव दिएको, प्रधानमन्त्रीसँग प्रत्यक्ष भेट गरी आग्रह गरेको, आन्दोलनकै अल्टिमेटम दिदैं ज्ञापन पठाउँदासमेत ध्यान नदिएपछि प्रदेश सरकारले आइतबारदेखि प्रदेश प्रमुखको कार्यालय प्राङ्गणमा मुख्यमन्त्री र मन्त्रीले धर्ना दिन सुरु गरेको थियो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend