काठमाडौं । नेपाली काँग्रेसबाट पालिका तहमा चुनिएका स्थानीय जनप्रतिनिधिहरुले अभिमुखीकरण कार्यक्रमले स्थानीय तहका समस्या समाधान गरी जनमुखी काम गर्न उत्प्रेरित गरेको बताएका छन् । ललितपुरमा भइरहेको स्थानीय तहमा विजयी भएका जनप्रतिनिधिहरुको जनअभिमुखी कार्यक्रममा सञ्चारकर्मीहरुसँग बोल्दै उनीहरुले अभिमुखीकरण कार्यक्रमले स्थानीय सरकारलाई थप सशक्त र जनमुखीकरण कसरी बनाएर लैजाने भन्ने बारेमा प्रशिक्षण भइरहेको बताए ।
उनीहरुले स्थानीय जनप्रतिनिधिहरुले गर्नुपर्ने काम, कर्तव्य, अधिकारका बारेमा पनि कार्यक्रममा जानकारी गराइएको बताए । मंगलवार सञ्चारकर्मीहरुसँग बोल्दै नुवाकोटको म्यागङ गाउँपालिकाकी उपाध्यक्ष सीता तामाङले नयाँ जनप्रतिनिधिलाई काम गर्ने चुनौती रहेको भन्दै कसरी जनमुखी काम गर्ने भन्ने बारेमा सिकाइएको बताइन् । उनले स्थानीय तहका योजना तर्जुमा र प्राकृतिक श्रोतलाई कसरी व्यवस्थापन गर्ने भन्ने बारेमा पनि प्रशिक्षण दिएको बताइन् ।
उनले भनिन्, ‘नयाँ जनप्रतिनिधिहरुलाई काम गर्ने चुनौती छ । प्रशिक्षण कार्यक्रमले ती कामहरु कसरी गर्ने, कसरी जनमुखी कामहरु गर्ने भन्ने बारेमा प्रशिक्षण दिइरहनुभएको छ । जनप्रतिनिधिका काम के हुन्, अधिकार के हो भन्ने बारेमा प्रशिक्षण दिनुभएको छ । योजना तर्जुमा, प्राकृतिक श्रोतलाई कसरी व्यवस्थापन गर्ने भन्ने बारेमा पनि प्रशिक्षण दिनुभएको छ । प्राकृतिक श्रोतको पहिचान गरेर कसरी फाइदा लिने र पालिकाको विकास गर्ने भन्ने बारेमा पन िछलफल भयो ।’