
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले स्थानीय जनप्रतिनिधिहरुलाई प्रशिक्षण दिँदै स्थानीय तहमा पार्टीबाट निर्वाचित भएका जनप्रतिनिधिहरुकै आधारमा रहेर पार्टी आगामी संघ र प्रदेशको निर्वाचनमा प्रतिष्पर्धा गर्न लागेको बताए । उनले केही दलका नेताहरुले वि.सं २०७४ सालको निर्वाचनतिर फर्काउन लागेको आरोप लगाए ।
उनले आफूबिरुद्ध रहेका नेताहरुालई गत वैशाख ३० गतेको स्थानीय तहमा नेपाली काँग्रेसले पाएको मतलाई बुझ्न आवश्यक रहेको बताए । महामन्त्री थापाले आगामी निर्वाचनका लागि पार्टीले गठबन्धनमा पनि शीर्ष स्थान बनाइसकेको भन्दै आफ्नौ हैसियत अनुसार सिट प्राप्त गर्ने बताए । उनले वर्तमान पार्टीको राजनीतिक हैसियतका आधारमा सिट बाँडफाँट हुने बताए ।
उनले भने, ‘केही अरु दलको साथीहरु हामीलाई २०७४ तिर फर्काउन चाहनुहुन्छ । हामी उहाँहरुलाई २०७९ सम्झाउन चाहन्छौँ । २०७४ लाई सम्झिँदै गर्दा नमिठो लाग्छ । २०७९ को स्थानीय निर्वाचन सम्झिँदै गर्दा खुशी लाग्छ । हाम्रो फुर्ति बढ्छ । त्यसैले आज गठबन्धन र यसको परिणाम के आउँछ मलाई थाहा छैन ।
हामी भर्खर छलफल गर्दैछौँ । तर त्यहाँभित्र नेपाली काँग्रेस पार्टीको हैसियत पुरानो पार्टी, आदिको छुट्टै महत्व छ तर अहिलेको तात्कालीक राजनीतिमा अहिले जोड घटाउको बीचमा उभिँदै गर्दा हाम्रो अग्लो व्यक्तित्व कुनै आधर, कारणले निर्माण भएको छ भने त्यो तपाईहरुका कारणले हो । स्थानीय तहमा जितेको कारणले हो । त्यसकै आधारमा २०७९ को मंसिर ४ को निर्वाचनमा जाने तयारी गरिरहेका छौँ । जिम्मेवारीमा बस्दा कहिले काहीँ हामी महत्वपूर्ण कुरा भुल्छौँ, मैले पनि भुलेको थिएँ । चुनावमा जित्ने ठाउँसम्म प्रष्ट हुने हामी जितेपछि के भन्ने बारेमा हामी अलमल्लमा पर्छौं ।’
महामन्त्री थापाले जिम्मेवारीमा बस्दा कहिले काहीँ महत्वपूर्ण कामहरु पनि बिर्सिने गरेको भन्दै चुनावमा जित्ने ठाउँसम्म प्रष्ट हुने नभइ जितेपछि के गर्ने भन्ने बारेमा पनि एजेण्डा बनाएर अघि बढ्न आवश्यक रहेको बताए । नेपाली काँग्रेसले सोमवारदेखि सञ्चालन गरेको स्थानीय जनप्रतिनिधिसँगको अभिमुखीकरण, बधाई एवं शुभकामना आदानप्रदान कार्यक्रम आज समापन हुनेछ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend