काठमाडौं । नेपाली काँग्रेसले आगामी मंसिर ४ मा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचन परियोजनका मंगलबार दल दर्ता गरेको छ । काँग्रेसका उपसभापति धनराज गुरुङ र मुख्यसचिव कृष्णप्रसाद पौडेल दल दर्ताका लागि मंगलबार अपरान्ह निर्वाचन आयोगको कार्यालय पुगेका थिए ।
सहयोगीका रुपमा काँग्रेस केन्द्रीय कार्यालयका सचिवद्वय प्रकाश शर्मा र केशव रिजाल पनि निर्वाचन आयोग पुगेका थिए । निर्वाचन आयोगले आगामी निर्वाचन प्रयोजनका लागि दल दर्ताको समय मंगलबारसम्म तोकेको थियो । काँग्रेसले अन्तिममा मंगलबार दल दर्ता गरेको हो ।