बिहिबार, चैत्र २८ २०८१

बिहिबार, चैत्र २८ २०८१

एकीकृत समाजवादीसँग पनि पार्टी एकता संयोजन समिति बनाउने तयारी भईरहेको छः अध्यक्ष प्रचण्ड

एकीकृत समाजवादीसँग पनि पार्टी एकता संयोजन समिति बनाउने तयारी भईरहेको छः अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)सँग पनि पार्टी एकता संयोजन समिति बनाउने तयारी भईरहेको बताएका छन् । मंगलबार पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीसँग चुनावी तालमेलका लागि समझदारी गरेलगत्तै उहाँले संचारकर्मीमाझ यस्तो प्रतिक्रिया दिएका हुन् ।

चुनावपछि पार्टी एकतानै हुने गरी सो समिति छिट्टै बनाउने सहमती माधव नेपालसँग भएको अध्यक्ष दाहालको भनाई थियो । उनले पार्टी एकता पछि हुने पार्टीको नाम नेकपा हुनेमा आफूहरुबीच सहमति भएको र त्यसमा समाजवादी वा यस्तै केही थपिने पनि बताए । अध्यक्ष दाहालले बाबुराम भट्टराईसँग पनि चुनाव पछाडि एउटै केन्द्र बनाएर जाने विषयमा सहमति गरिएको बताए । बामपन्थी आन्दोलन र कम्युनिष्ट आन्दोलनमा आफू र बाबुराम भट्टराई एकै ठाउ उभिने कुराको ठूलो अर्थ र महत्व रहेको भन्दै उहाँले आफूहरुबीचको सो सहमतिलाई कसैले रोकेर रोक्न नसक्ने दावी गरे ।

अध्यक्ष दाहालले भने, ‘अहिले बामपन्थी आन्दोलनमा र कम्युनिष्ट आन्दोलनमा पनि बाबुरामजी र प्रचण्डसँगै उभिने कुराको ठूलो अर्थ र महत्व छ । हामी उभियौं अव । अव कसैले रोकेर रोकिदैन । त्यो ठूलो कुरा हो भनेर म भन्न चाहन्छु । यद्यपि आजै पार्टी एकता भएको होइन । चुनाव पछाडि हामी एउटै केन्द्र बनाउने भन्ने कुरा समझदारीमा गएका छौं । अहिले चुनाव चिन्ह, घोषणा पत्र, उम्मेदवार सबै साझा हुने भएपछि हामी एक ठाउँमा उभियौं । यसको नेपालको राजनीतिमा, नेपालको यो परिवर्तनलाई संस्थागत गर्ने र विकास गर्ने कुरामा, देशलाई समृद्धिको दिशातिर लैजाने कुरामा पनि निकै ठूलो महत्व छ भन्न चाहन्छु म । र, अर्काे कुरा यतिमात्रै हाम्रो लक्ष्य होइन । हामी अरुपनि बामपन्थीहरुसँग जस्तो माधव नेपालजीहरुसित हामी पार्टी एकता संयोजन समिति बनाउने तयारीमा छौं । नाम नेपाल कम्युनिष्ट पार्टी नै रहन्छ । चुनाव अघि त केही पनि हुँदैन । चुनावपछि नाममा चाँही नेकपा समाजवादी वा यस्तै केही हुन सक्छ । नेकपा राख्ने भन्नेमा भने सहमति भईसक्यो ।’

अध्यक्ष दाहालले बाबुराम भट्टराईहरु पनि सत्तारुढ गठबन्धनमै रहेकाले त्यसमा आवद्ध दलहरुसँगको सहमतीमै उनीहरुको पनि सिट संख्या निर्धारण हुने विश्वास समेत व्यक्त गरे ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend