काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा झापाबाट नै प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार बन्ने भएका छन् । उनले सामाजिक सञ्जालमार्फत् आफू झापाबाट नै उम्मेदवार बन्ने प्रष्ट पारेका हुन् ।
शर्माले सामाजिक सञ्जालमा लेखेका छन्,‘फेरि प्रस्ट्याऊँ वाग्मतीको किनारलाई श्रद्धापूर्वक ढोग्ने हो । तर मान्छे म मेची र निन्दा किनारकै हो । काठमाडौं ५ मा चुनाव प्रचारमा पुग्ने छैन । तर उम्मेदवार बन्न चाहँदा गठबन्धनका अर्का मित्रलाई सम्मान साथ साथमा लिएर, झापामै उम्मेदवार बन्नेछु । प्रेम उता घरजम यता कुरै हुन्न ।’