बिहिबार, बैशाख ४ २०८२

बिहिबार, बैशाख ४ २०८२

भारतबाट अवैध ३० बोरा चिनी लिएर आएको बोलेरो सशस्त्र प्रहरीको नियन्त्रणमा

भारतबाट अवैध ३० बोरा चिनी लिएर आएको बोलेरो सशस्त्र प्रहरीको नियन्त्रणमा

काठमाडौं । सशस्त्र प्रहरी बल नेपाल पश्चिम नवलपरासीले मंगलबार पश्चिम नवलपरासीको रामग्राम नगरपालिका १८ स्थित सीमा ईलाकाबाट अवैध रुपले भारतबाट नेपालतर्फ ल्याउँदै गरेको करीब १२ लाख ९० हजार रुपैयाँ बराबरको ३० बोरा चिनी बोलेरो पिकअपसहित बरामद गरेको छ ।

यसैगरी सशस्त्र प्रहरी बल नेपाल बिओपी भुजहवाले सोही जिल्लाको सरावल गाँउपालिका ७ बाट करीब ५६ हजार रुपैयाँ बराबरको अवैध लत्ताकपडा बरामद गरेको छ । यसअघि प्रतापपुर गाँउपालिका ५ बाट साउन २१ गते सशस्त्र प्रहरीले करीब ३ लाख ४४ हजार रुपैयाँ बराबरको नम्बर प्लेट नभएको एउटा ट्रयाक्टर, ट्रली र त्यसमा रहेको अवैध कवाडी सामान नियन्त्रणमा लिएको थियो ।

सशस्त्र प्रहरीले बरामद गरेको सामान आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालय पश्चिम नवलपरासीमा बुझाएको छ ।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend