सोमबार, चैत्र २५ २०८१

सोमबार, चैत्र २५ २०८१

यस्तो छ मेयर हर्क साम्पाङले सार्वजनिक गरेका १०० दिनको कामको विवरण

यस्तो छ मेयर हर्क साम्पाङले सार्वजनिक गरेका १०० दिनको कामको विवरण

काठमाडौं । सुनसरीको धरान उप–महानगरपालिकाका मेयर हर्क साम्पाङले एक सय दिनमा गरेका कामको सूची सार्वजनिक गरेका छन् ।

आफु मेयर भएको सय दिनमा गरेको कामको प्रगति मेयर हर्क साम्पाङले समाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् । उनले आज बिहान फेसबुकमार्फत सय दिनमा भएका १३ बुँदामा कामको प्रगति विवरण सार्वजनिक गरेका छन् ।

उनले नेपालमा श्रम सँस्कृतिको क्रान्ति सुरु गरेको बताएका छन् ।

१०० दिनमा गरेका काम भनेर उनले सार्वजनिक गरेको विवरण यस्तो छ–
१. नेपालमा श्रम संस्कृतिको क्रान्ति शुरु गरें
२. ४ ठाउँबाट खानेपानीको मूहान थपें
३. व्यापक जनपरिचालन र सामुदायिक सहभागिता जुटाएँ
४.६ लाख विरुवा रोपें
५. सरसफाइमा देखिने सुधार ल्याएँ
६. प्रशासनिक सुधार ल्याई शान्तिसुरक्षामा सुधार ल्याएँ
७. जलविद्युतको सफल परीक्षण गरी बगरमा बत्ति बालें
८. बाटो मर्मत संभार तथा टटबन्धन, विपद व्यवस्थापन
९. लागु औषध विरुद्धको अभियान शुरु गरें
१०. योजनाहरुका लागि बजेटको जोहो गराएँ
११. पारदर्शी हिसाब किताब सार्बजनिक गरें
१२. पालिकाका सेवामा तीब्रता र प्रष्टता ल्याइदिएँ
१३. शिक्षा, स्वास्थ्य संस्थाहरुमा सुधार ल्याएँ

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend