काठमाडौं । प्रतिनिधि सभा सदस्य अमृता थापाले भिआइपी बस्ने काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनको दीर्घकालीन उपाय खोज्न माग गरेकी छन् । बिहीवार प्रतिनिधि सभाको शुन्य समयमा बोल्दै सांसद थापाले सरकारसँग यस्तो माग गरेकी हुन् ।
उनले राष्ट्रिय सभाको उपाध्यक्ष तत्काल निवार्चन गर्न माग पनि गरिन् । त्यस्तै सांसद थापाले राष्ट्रिय महत्व र आम नागरिकको चासोको नागरिकता विधेयक समानता र सहमतिको आधारमा अगाडि बढाउन माग गरिन् ।