काठमाडौं । सांसद लक्ष्मणलाल कर्णले सरकारले सत्प्रयास गरेर धेरै नागरिकको आँशु पुछ्ने काम गरेको उल्लेख गर्दै अब कुनै पनि बहानामा ढिला नगरी नागरिकता विधेयक अघि बढाउनुपर्ने बताए । सांसद प्रभु साहले दुवै सदनबाट छलफल गरेर प्रमाणित गरेर पठाएको विधेयकलाई जतिसक्दो छिटो पास गर्नुपर्छ भने ।
उनले जन्मका आधारमा नै अहिले नागरिकता नपाएको अवस्था रहेको बताए ।