logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • मकवानपुरमा बसको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

    मकवानपुरमा बसको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

    3.6K
    Shares
    मकवानपुरमा बसको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

     

    हेटौंडा । पश्चिम मकवानपुरको मनहरी गाउपालिका वडा नम्बर ९ खरङ्गामा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

    पूर्व पश्चिम राजमार्ग अन्तर्गत मनहरीको खरङ्गा सडकखण्डमा बिहिबार हेटौंडाबाट नारायणगढ जाँदै गरेको बा ०३–००१ ख २४८१ नंबरको बसले विपरीत दिशाबाट आउँदै गरेको बा ०३–००५ प २६६३ नंबरको मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाईते भएका मोटरसाईकल चालकको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए ।

    मृत्यु हुनेमा नवलपरासी जिल्लाको बुलिङटार गाउँपालिका वडा नंबर १ का ३३ वर्षीय गोपाल सारु रहेका छन् । ठक्कर दिने बस प्रहरी नियन्त्रणमा रहेको र बस चालक फरार रहेको प्रहरीले जनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend