logo

२०८१ जेष्ठ ३ बिहिबार

logo
  • बिहिबार, ३ जेष्ठ २०८१
  • अटो सञ्चालनमा कडाई गरेपछि हेटौँडाका अटो व्यवसायीले घेरे उपमहानगर

    अटो सञ्चालनमा कडाई गरेपछि हेटौँडाका अटो व्यवसायीले घेरे उपमहानगर

    4.9K
    Shares

    हेटौंडा । हेटौँडा उपमहानगरपालिकामा सञ्चालनमा रहेका करिब ५ सय अटो व्यवसायी तथा चालकहरूले आज हेटौँडा उपमहानगरपालिका घेराउ गरेका छन् । अटो व्यवसायको क्षेत्रमा उपमहानगरपालिकाले विभेदकारी नीति बनाएर आफूहरूको रोजिरोटी खोसेको भन्दै व्यवसायी तथा चालकहरूले उपमहानगरपालिकाको कार्यालयअघि अटोसहित विरोध गरेका हुन् ।

    हेटौँडा उपमहानगरपालिकाले २०७६ पुस ९ गतेसम्म दर्ता भएका अटोलाई मात्र हेटौँडा उपमहानगरपालिका क्षेत्रमा सञ्चालन गर्न दिने गरी ‘ग्रिन स्टिकर’ टास्न सुरू गरेपछि त्यसयता दर्ता भएर सञ्चालनमा रहेका अटो व्यवसायीले धर्ना, प्रर्दशन थालेका हुन् ।

    व्यवसायीहरूले आफूहरूको रोजीरोटीलाई उपमहानगरपालिकाले खोसेको आरोप लगाउँदै तत्काल समस्या समधान गर्न अनुरोधसमेत गरेका छन् । आफूहरूलाई यातायात व्यवस्था विभागले रुट परमिट दिएर व्यवसाय सञ्चालन गर्न अनुमति दिएपनि उपमहानगरपालिकाले रोकेको कारण आन्दोलन गर्न बाध्य भएको व्यवसायी तथा चालक किशु तामाङले बताए ।

    हेटौँडा ५ का अटो व्यवसायी तथा चालक भुवन खत्री पनि उपमहानगरभित्र सञ्चालन गर्न नपाएपछि आफूहरूले रोजीरोटीको सवाल उठाएको बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend