logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • नेप्से परिसूचक २७.७२ अंकले वृद्धि

    नेप्से परिसूचक २७.७२ अंकले वृद्धि

    3.3K
    Shares
    नेप्से परिसूचक २७.७२ अंकले वृद्धि

    काठमाडौं । बुधवार सामान्य अंकले गिरावट आएको नेप्से परिसूचक बिहीवार वृद्धि भएको छ । बिहीवार नेप्से परिसूचक २७.७२ अंकले बढेर २०६८.४२ बिन्दुमा पुगेको छ । त्यस्तै,सेन्सेटिभ इण्डेक्स ५.५१ अंकले बढेको छ भने फ्लोट इण्डेक्स १.८१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.६९ अंकले बढेको छ ।

    बिहीवार कारोबारमा आएका २२० कम्पनीको ५१ लाख १ हजार २९० कित्ता शेयर २ अर्ब ५ करोड ७९ लाख ८० हजार रुपैयाँ बराबरको कारोबार भएको छ । बिहीवार नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । बुधवार साढे १ अर्बभन्दा कमको शेयर कारोबार भएको थियो ।

    बिहीवार नेप्सेका १३ वटै उपसमूहको परिसूचक सकारात्म देखिएका छन् । जसमध्ये विकास बैंक र वित्त उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढेका छन् । त्यस्तै, जलविद्युत र अन्य उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ ।

    बिहीवार नेप्से बढेसँगै चार कम्पनीको शेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जसमा मन्दाकिनी हाइड्रोपावर, अपर सोलु हाइड्रो इलेक्ट्रिक, श्वेतगंगा हाइड्रोपावर र अपर हेवाखोला हाइड्रोपावरको शेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । त्यस्तै,हिमालयन हाइड्रोपावर र बलेफि हाइड्रोपावर शेयरमूल्य ८ प्रतिशतभन्दा बढीले बढेको छ । तर यता,सपोर्ट माइक्रोफाइनान्सकोे मूल्य ३ प्रतिशतले घटेको छ । आज रिडी हाइड्रोपावर कम्पनीले १० करोड ४३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend