logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • माओवादी सांसदको आरोप राष्ट्रपतिले विवेकको प्रयोग गर्नुभएन

    माओवादी सांसदको आरोप राष्ट्रपतिले विवेकको प्रयोग गर्नुभएन

    3.4K
    Shares
    माओवादी सांसदको आरोप राष्ट्रपतिले विवेकको प्रयोग गर्नुभएन

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) की सांसद अञ्जना बिशंखेले राष्ट्रपति विद्यादेवी भण्डारीले विवेकको प्रयोग गर्न नसकेको आरोप लगाएकी छन् । बिहीवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले राष्ट्रपतिले समेत यस्तो आरोप लगाएकी हुन् ।

    उनले संसदमा कसैले पनि विवेकको प्रयोग गर्न नसकेको बताइन् । सांसद बिशंखेले संसदमा भएका सांसदहरुलाई विवेक प्रयोग गर्नसक्ने हिम्मत देखाउन चुनौती दिइन् । उनले नागरिकतामा राजनीति गर्नु नहुने भन्दै सबै नेपाली नागरिकले नागरिकता पाउनुपर्ने बताइन् । उनले नेपाली नागरिकसँग विवाह गर्नेले बस्न चाहेमा वा नचाहेमा पनि सहज रुपमा नागरिकता दिनुपर्ने बताइन् । उनले नागरिकताको बारेमा फरक रुपमा रहँदा फरक तर्क गर्न नमिल्ने बताइन् ।

    उनले भनिन्, ‘आजपनि हामीले छोरा र छोरीलाई विभेद गर्ने वहस सिर्जना गरिरहेका छौँ । यो वहसको बिरोध गर्न चाहन्छु । महिला निरीह हुँदैन । नेपाली चेलीसँग विवाह गर्ने पुरुषले नेपालमा बस्छु भन्दा नागरिकता दिन सक्ने वातावरणबाट कसरी हल गर्ने ? यो वहस पनि छैन । यहाँ कुन कोणबाट वहस भइरहेको छ । छोरीसँग विवाह गरेर आउने ज्वाईंले चाहन्छन् भनेपनि र छोरासँग विवाह गरेर आउने बुहारीले चोहमा पनि नागरिकता दिन सक्नपर्छ । जानपनि सक्छन् आउनपनि सक्छन्, उनीहरुलाई पनि नागरिकता सहज ढंगले दिनुपर्छ । थर फेर्न, नाम फर्न चाहनेलाई पनि नागरिकता दिनुपर्छ । यो नागरिकता दिनुपर्छ भन्ने विषय हो । एउटै विषयलाई नेकपामा आउँदा अर्कै, एमाले बन्दा अर्कै, गठबन्धन गर्दा अर्कै किन ? विवेकको प्रयोग गरौँ । मेरो प्रश्न र चुनौती छ विवेकको प्रयोग गर्न सक्नुहन्छ ? ठूला वहस गर्नेलाई मेरो चुनौती छ । इभन सम्मानित राष्ट्रपति जस्तो पदमा बसेर त विवेकको प्रयोग गर्न सक्नुभएन । अरुको के कुरा गर्ने ।’

    सांसद बिशंखेले सहज रुपमा नागरिकता दिने कुरामा सोच्न आवश्यक रहेको बताइन् ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend