logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • कुमारी बैंकले ल्यायो निःशुल्क आईपिओ भर्ने व्यवस्था

    कुमारी बैंकले ल्यायो निःशुल्क आईपिओ भर्ने व्यवस्था

    7.6K
    Shares

    काठमाडौं । कुमारी बैंक लिमिटेडको कुनैपनि खातामा सीआश्वा आवेदन शुल्क नलाग्ने भएको छ । भदौ १ गतेबाट लागु हुने गरि बैंकले आफ्नो सम्पूर्ण खाताहरुमा सीआश्वा आवेदन शुल्क नलाग्ने जनाएको हो । जस अनुसार कुमारी बैंकको कुनै पनि खाताबाट प्राथमिक सेयर, हकप्रद लगायतका पुंजीबजारका अन्य उपकरणहरुमा आवदेन दिदा कुनै शुल्क लाग्नेछैन ।

    ग्राहकहरुको हित तथा पुंजीबजारमा जनमानसको बढ्दो सक्रियतालाई मध्यनजर गर्दै सो छुट ल्याएको कुमारी बैंकले जनाएको छ । यस बाट नयाँ लगानीकर्ता, युवा, विद्यार्थी लगायत बैंकका सम्पूर्ण खाताधारकहरु लाई विशेष लाभ प्राप्त हुने विश्वास बैंकले व्यक्त गरेको छ । बैंकले १९७ शाखा–संजाल, १९१ एटिएम, ४९ शाखारहित बैंकिंग इकाई तथा २४ एक्टेन्सन काउन्टर मार्फत सेवा प्रदान गरिरहेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend