बिहिबार, बैशाख ४ २०८२

बिहिबार, बैशाख ४ २०८२

बैतडीमा एक जोडी मृत अवस्थामा फेला

बैतडीमा एक जोडी मृत अवस्थामा फेला

बैतडी । बैतडीमा एक जोडी युवायुवती एकै ठाउँमा मृत अवस्थामा फेला परेका छन् । बैतडीको सिगास गाउँपालिका– ५ का २१ वर्षीय केशव दमाईं र १८ वर्षीया रमिता विक मृत फेला परेको बैतडीका प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले जानकारी दिए । प्रहरी नायब उपरीक्षक शाहीका अनुसार उनीहरू दुवै जना चिउरीको रुखको एकै हाँगोमा झुण्डिएका अवस्थामा भेटिएका हुन् ।

मृतक दुवै जनाको शव परीक्षणका लागि जिल्ला अस्पताल लगिएको छ । मृतक दुवैजना अविवाहित रहेका र प्रेम सम्बन्धमा रहेको हुनसक्ने अनुमान गरिएको छ । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend