logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • भारतमा सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु, २५ जना घाइते

    भारतमा सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु, २५ जना घाइते

    3.1K
    Shares
    भारतमा सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु, २५ जना घाइते

     

    पाली/रासस । भारतमा सवारी दुर्घटनामा परी शुक्रबार पाँच जनाको मृत्यु भएको छ । दुर्घटनाका कारण अरु २५ जना घाइते भएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् । देशको राजस्थान राज्य अन्तर्गत पर्ने पाली जिल्लामा शुक्रवार राती दुर्घटना भएको हो ।

    स्थानीय प्रहरीका अनुसार ट्याक्टर र ट्रक एक आपसमा ठोक्किएर दुर्घटना भएको जनाइएको छ । पीडितहरू अधिकांश ट्याक्टरका यात्रु हुन्

    घटना भएको थाहा पाउना साथ घाइतेहरूलाई घटनास्थलबाट तत्कालै अस्पताल लगिएको थियो । अस्पतालमा उनीहरूको उपचार भइरहेको छ । घाइते मध्ये केहीको अवस्था गम्भीर रहेको स्वास्थ्यकर्मीहरूले जनाएका छन् ।

    घटनामा परेकाहरू ट्याक्टरमा चढेर जयसल्मेर जिल्लामा रहेको राम मन्दिर तर्फ जादै थिए । त्यही बेलामा तिव्र गतिमा आइरहेको ट्रकले ट्याक्टरलाई ठक्कर दिएको थियो ।

    घटनाका बारेमा जानकारी पाएपछि प्रधानमन्त्री नरेन्द्र मोदीले गहिरो दुःख व्यक्त गर्नु भएको छ । उनले घाइतेहरूको शिघ्र स्वास्थ्य लाभको कामनासँगै घाइते तथा मृतकका आफन्तजनप्रति सहानुभूति प्रकट गरेका छन् । प्रधानमन्त्री मोदीले मृतकहरूको आत्माको चिर शान्तिको कामना पनि गरेका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend