
काठमाडौं । नेपाली कांग्रेस नेता डा. शेखर कोइरालाले कांग्रेसका नेता प्रदीप गिरीको निधनले पार्टीमा अभाव सधैँ खट्किरहने बताएका छन् । प्रदीप गिरी प्रति श्रद्धाञ्जली व्यक्त गर्दै कोइरालाले निधनको खबरले स्तब्ध र मर्माहत बनाएको बताएका छन् ।
नेता कोइरालाले नेता गिरीले नेपालको प्रजातान्त्रिक आन्दोलन तथा पार्टी सङ्गठनमा पुर्याएको योगदानको जति नै चर्चा गरे पनि अधुरै रहने बताएका छन्।
डा कोइरालाले लेखेका छन्, ‘नेपालको प्रजातान्त्रिक आन्दोलन तथा पार्टी सङ्गठनमा प्रदीप दाइले पुर्याउनुभएको योगदानको जति नै चर्चा गरे पनि अधुरै रहन्छ। नेपालको सिंगो राजनीति र सिंगो कांग्रेस पार्टीमा प्रदीप दाइको अभाव सधैँ खट्किरहने छ। शोकाकुल यस समयमा समस्त परिवारमा समवेदना तथा स्व. प्रदीप दाई प्रति भावपूर्ण श्रद्धाञ्जली।’
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend