बुधबार, बैशाख ३ २०८२

बुधबार, बैशाख ३ २०८२

नेता गिरीको निधनबाट नयाँ समाजवादी धारको विकासमा क्षति पुगेको छः बाबुराम भट्टराई

नेता गिरीको निधनबाट नयाँ समाजवादी धारको विकासमा क्षति पुगेको छः बाबुराम भट्टराई

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले नेपाली कांग्रेसका नेता प्रदीप गिरीको निधनबाट नयाँ समाजवादी धारको विकासमा ठूलो क्षति पुगेको बताएका छन् ।

पैतालीस वर्ष निरन्तर गिरीसँगको गहन बौद्धिक विमर्शले आफूलाई ठूलो ऊर्जा प्रदान गर्ने गरेको स्मरण गर्दै पूर्वप्रधानमन्त्री भट्टराईले गिरीको निधनमा निःशब्द रहेको जनाएका छन् ।

“नयाँ समाजवादी धारको विकासमा लागेका हामी सबैलाई उहाँको निधनले ठूलो क्षति पुगेको छ”, अध्यक्ष भट्टराईले ट्वीटमा भनेका छन् । उनले गिरीप्रति श्रद्धाञ्जलि र परिवारजनमा समवेदना प्रकट गरेका छन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend