logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • भन्सार छलेर ल्याएका लत्ताकपडा र प्लाष्टिकको कुर्सी सशस्त्र प्रहरीद्वारा बरामद

    भन्सार छलेर ल्याएका लत्ताकपडा र प्लाष्टिकको कुर्सी सशस्त्र प्रहरीद्वारा बरामद

    3.9K
    Shares

    कञ्चनपुर । कञ्चनपुरको दोधाराचाँदनी नगरपालिका ३ जमुनाघारीस्थित सीमा ईलाकाबाटआईतबार सशस्त्र प्रहरीले करीब १ लाख ६७ हजार रुपैयाँ बराबरको भन्सार छलीको लत्ताकपडा र प्लाष्टिकको कुर्सी बरामद गरेको छ ।

    उक्त सामान सशस्त्र प्रहरी बल नेपाल बिओपी देविस्थानले बरामद गरी भन्सार कार्यालय गड्डाचौकीमा बुझाइएको छ । यसैगरी पर्साको वीरगञ्ज महानगरपालिका १४ गण्डक चौकबाट शुक्रबार राति सशस्त्र प्रहरीले करीब ५९ लाख ३४ हजार ७ सय ५८ रुपैयाँ बराबरको प्रज्ञापन पत्र विनाको विभिन्न सामान बरामद गरेको छ ।

    वीरगंजबाट पथलैयातर्फ जाँदै गरेको ना ५ ख ७८२० नम्बरको ट्रकमा सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण पर्साले जाँच गर्दा भन्सार छलीको स्टेशनरी सामान, ब्याट्री, औषधी, प्लाई उड, एसिड फेला परेपछि उक्त सामानसहित ट्रक नियन्त्रणमा लिइएको हो ।

    बरामद सामान र ट्रक आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend