बिहिबार, चैत्र २८ २०८१

बिहिबार, चैत्र २८ २०८१

राष्ट्रियसभामा बैठक बस्दै, शोक प्रस्ताव प्रस्तुत गरिने

राष्ट्रियसभामा बैठक बस्दै, शोक प्रस्ताव प्रस्तुत गरिने

 

काठमाडौ । आज प्रतिनिधि सभा बैठक बस्दैछ । आज बस्ने बैठकमा प्रतिनिधि सभा सदस्य प्रदीप गिरिको निधनप्रति शोक प्रस्ताव प्रस्तुत गर्ने एक मात्रै सम्भावित कार्यसूची छ।

आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले गिरिको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्नेछन् । यसअघि गिरिको निधनकै कारण हिजोको बैठक स्थगित गरिएको थियो ।

आजै राष्ट्रियसभाको बैठकमा पनि प्रतिनिधिसभाका सदस्य गिरिको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।

गिरिको शनिबार राति मेडिसिटी अस्पतालमा निधन भएको थियो । उनको आइतबार साँझ अन्त्यष्टि गरिएको थियो । गिरि समाजवादी चिन्तक एवम् नेपाली कांग्रेसका नेता समेत थिए ।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend