logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • अन्डरग्राउण्ड पार्किङमा ‘एक्सन’ लिँदै महानगर

    अन्डरग्राउण्ड पार्किङमा ‘एक्सन’ लिँदै महानगर

    3.5K
    Shares
    अन्डरग्राउण्ड पार्किङमा ‘एक्सन’ लिँदै महानगर

     

    काठमाडौं । काठमाडौं महानगरपालिकाले आजदेखि भवनको नक्सापास भए अनुसार प्रयोग नभएको पाएमा कारबाही गर्ने तयारी गरेको छ । महानगरले जारी गरेको ३५ दिने सूचनाको म्याद आइतबार सकिएसँगै आज (सोमबार)देखि महानगर एक्सनमा उत्रने तयारी गरेको हो ।

    साउन १ गते महानगरले ३५ दिने सूचना जारी गरेर घर तथा भवन निर्माण गर्दा पास भएको नक्सा अनुसार अण्डरग्राउण्डलाई प्रयोग गर्न निर्देशन दिएको थियो ।

    काठमाडौं महानगरपालिकाले आज बानेश्वर क्षेत्रको अन्डरग्राउण्ड अनुगमन गर्ने काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजु पाण्डेले बताए । ‘हामीले नक्सा विपरित प्रयोजन हुँदै आएको अन्डरग्राउण्ड, नक्सा पास भएअनुसार नै प्रयोग गर्न ३५ दिन अगाडि सूचना जारी गरेका थियौं । सो सूचनामा अटेर गरे कानुन बमोजिम अनुसार कारबाही गर्ने बताएका थियौं । सोही अनुसार नै हामी आज अनुगमन गछौं,’ उनले भने ।

    मेयर बालेन्द्र साहको सचिवालयका अनुसार बानेश्वर क्षेत्रमा अन्डरग्राउण्ड पार्किङको नक्सा पास गरेर अन्य प्रयोजनामा लगाइएका संरचना भत्काउन खोज्दा हुनसक्ने तनावको स्थितिलाई नियन्त्रण गर्न महानगरले प्रहरीसँग छलफल समेत गरिसकेको छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend