
काठमाडौं । प्रभु क्यापिटलले हितग्राही ग्राहकको लागि विशेष अफर ल्याएको छ। कम्पनीले ग्राहकलाई सेवामा छुट दिन ट्रान्क्विलिटी स्पासँग व्यावसायिक सम्झौता गरेको हो।
यही भदौ १ मा भएको सम्झौताअनुसार ग्राहकले स्पामा सेवा लिँदा ३० प्रतिशत छुट पाउने भएका छन्। यो योजनाबाट लाभ लिन हितग्राही ग्राहकले आफ्नो मोबाइलमा प्रभु क्यापिटलको डिजिटल एप डाउनलोड गरी रजिष्टर्ड भई आफ्नो डिम्याट खाता लिंकरकनेक्ट गर्नुपर्छ।
हितग्राहीले चेक आउट/बिल पेमेन्ट गर्दा प्रभु क्यापिटलको मोबाइल एपमा डिम्याट खाता लिंक भएको देखाउनुपर्ने कम्पनीले जनाएको छ। स्पाको रजिष्ट्रार कार्यालय लाजिम्पाट काठमाडौंमा छ।
असार मसान्त २०८० सम्म सञ्चालन हुने यो अफरको लाभ प्रभु क्यापिटलका हितग्राही ग्राहकले यसको नेपालभरिका शाखाहरुबाट प्राप्त गर्न सक्नेछन्।
यो अफर हालसम्म एप डाउनलोड गरेका सबै हितग्राहीको हकमा समेत लागू हुने क्यापिटलले जनाएको छ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend