काठमाडौं । कीर्तिपुरबाट १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा २ जना भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतीय नागरिक ३१ वर्षीय ओमबाबु गुप्ता र २२ वर्षीय चन्दन गुप्ता रहेका प्रहरीले जनाएको छ ।
उनीहरूले ललाई फकाई एंव डरत्रास देखाई ती बालिकालाई बलात्कार गरेको खुल्न आएपछि प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।