logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • नेप्से परिसूचक ७.४१ अंकले गिरावट

    नेप्से परिसूचक ७.४१ अंकले गिरावट

    2.8K
    Shares
    नेप्से परिसूचक ७.४१ अंकले गिरावट

    काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमवार नेप्से परिसूचक सामान्य अंकले ओरालो लागेको छ । सोमवार नेप्से परिसूचक ७.४१ अंक घटेर २०५३.१३ बिन्दुमा झरेको हो । त्यस्तै,सेन्सेटिभ इण्डेक्स १.४७ अंक, फ्लोट इण्डेक्स ०.५१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५६ अंक घटेको छ ।

    सोमवार कारोबारमा आएका २२२ कम्पनीको ५२ लाख ३० हजार कित्ता शेयर १ अर्ब ७२ करोड ६२ लाख रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । सोमवार नेप्सेसँगै कारोबार रकम समेत गिरावट आएको छ । आईतवार २ अर्ब ४ करोड ७० लाख ९३ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो ।

    सोमवार नेप्सेका १३ उपसमूहमध्ये म्युचुअल फण्ड उपसमूहको परिसूचक बाहेक अरु सबै उपसमूहको परिसूचक नकारात्मक देखिएको छ । जसमा म्युचुअल फण्ड उपसमूहको परिसूचक ०.२० प्रतिशत बढेको छ । तर यता,होटल तथा पर्यटन उपसमूहको परिसूचक १.०५ प्रतिशत, विकास बैंकको ०.६० प्रतिशत, जलविद्युतको ०.६८ प्रतिशत र निर्जीवन बीमाको ०.५७ प्रतिशतले घटेको छ ।

    नेप्सेमा गिरावट आएपनि दुई कम्पनीको शेयर मूल्य भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जसमा अपर हेवाखोला हाइड्रोपावर र मन्दाकिनी हाइड्रोपावर कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । त्यस्तै, सामलिङ्ग पावरको शेयरमूल्य ५.६६ प्रतिशतले बढेको छ । त्यस्तै दोर्दी खोला जलविद्युत कम्पनीको शेयरमूल्य ५.२४ प्रतिशत ले घटेको छ । श्वेतगंगा हाइड्रोपावरको शेयरमूल्य ४.१५ प्रतिशत र तारागाउँ रिजेन्सी होटलको ३.८९ प्रतिशत घटेको छ । हिमाल दोलखा हाइड्रोपावरले २८ करोड १८ लाख ७१ हजार रुपैयाँ भन्दा बढीको शेयर कारोबार भएको छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend