logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • एउटै तहका कर्मचारीलाई एउटै तलब दिन उच्च स्तरीय समिती गठन

    एउटै तहका कर्मचारीलाई एउटै तलब दिन उच्च स्तरीय समिती गठन

    2.8K
    Shares

    काठमाडौं । एकै तहका कर्मचारीहरुको तलब सुविधा पनि एउटै बनाउन सरकारले उच्च स्तरीय अध्ययन समिति गठन गरेको छ । आज सोमबार बसेको मन्त्रिपरिषदको बैठकले पूर्वमुख्य सचिव लिलामणि पौड्यालको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरेको हो ।

    चालु आर्थिक वर्षको बजेटमा सरकारले कर्मचारीको तलब १५ प्रतिशतका दरले तलब बढाए पनि समान पदको तलब समान नभएको भन्दै अर्थमन्त्रालयले माथिल्लो पदका निजामती कर्मचारीको तलब २३ प्रतिशतसम्म बढाएको थियो ।

    त्यसको विरोधमा आन्दोलनमा उत्रिएका तल्लो तहका कर्मचारीका माग सुन्दै अर्थमन्त्री जनार्दन शर्माले तलबमान निर्धारणका लागि समिति गठन गर्ने आश्वासन दिएका थिए । जुन आश्वासन अनुसार अहिले समिति गठन भएको हो ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend