logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • बैतडीबाट हवाई उद्धार गरिएकी गर्भवतीको ज्यान बच्यो, शिशुको मृत्यु

    बैतडीबाट हवाई उद्धार गरिएकी गर्भवतीको ज्यान बच्यो, शिशुको मृत्यु

    4.4K
    Shares
    बैतडीबाट हवाई उद्धार गरिएकी गर्भवतीको ज्यान बच्यो, शिशुको मृत्यु

    बैतडी । बैतडीको सिगासबाट आज हेलिकप्टरमार्फत उद्धार गरिएकी गर्भवतीको ज्यान बचेको छ । सिगास गाउँपालिका–६, थलाकी २० वर्षीया बिन्दु धामीको उद्धारपछि ज्यान जोगिएको छ । नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरेर सुर्खेतको कर्णाली प्रादेशिक अस्पताल पु¥याएकी बिन्दुको ज्यान जोगिएको उहाँका श्रीमान् दीपेन्द्र धामीले जानकारी दिनुभयो । बिन्दुको ज्यान जोगिए पनि शिशुको भने मृत्यु भएको छ ।

    शल्यक्रिया गरेपछि बिन्दुको ज्यान बचेको र लामो व्यथाका कारण शिशुको गर्भमै मृत्यु भएको शल्यक्रियामा सहभागी चिकित्सकलाई उद्धत गर्दै दीपेन्द्रले राससलाई बताउनुभयो । लामो व्यथाले शिशुको गर्भमै मृत्यु भएको भन्ने चिकित्सक बताएका छन् ।

    आइबारदेखि सुत्केरी व्यथा लागेकी बिन्दुको मात्रै हेलिकप्टरबाट उद्धार गरी सुर्खेत लगिएको थियो । समयमा खबर नगरिएकाले शिशुको मृत्यु भएकाप्रति बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले दुःख व्यक्त गर्नुभयो । आइतबार थलाकाडा स्वास्थ्य चौकी पुगेकी धामी सुत्केरी हुन नसकेपछि तत्काल शल्यक्रिया गर्नुपर्ने भएपछि सोमबार उद्धार गरिएको हो ।

    आइतबारदेखि सुत्केरी व्यथा लागेकी बिन्दुको स्वास्थ्य अवस्था खराब हुँदै गएपछि जिल्ला अस्पताल लैजान सडक सुविधा नभएको र सडकसम्म पु¥याउन ४ घण्टा बोकेर लैजानुपर्ने सो समयसम्म अत्यधिक रक्तश्राप हुने खतरा रहेकाले सुविधा सम्पन्न अस्पतालसम्म लैजान हवाई उद्धारका लागि आवश्यक समन्वय गरिदिन सिगास गाउँपालिकाले जिल्ला प्रशासन कार्यालयलाई अनुरोध गरेको थियो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend