काठमाडौं । भदौ १२ गतेसम्म पार्टीका विभिन्न कमिटीका बैठक रहेको भन्दै नेकपा एमालेले प्रतिनिधि सभा बैठक त्सपछि मात्रै राख्न सभामुख समक्ष आग्रह गरेपछि प्रतिनिधिसभाको अर्को बैठक १३ बस्ने भएको छ । संसदको प्रमुख प्रतिपक्ष दल एमालेको आग्रहलाई स्वीकार गर्दै सभामुखले बैठक १३ गते बिहान ११ बजेका लागि बैठक बोलाएको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए ।
नेकपा एमालेको आज स्थायी कमिटी बैठक छ । यसैगरी ९ गते पोलिटव्यूरो, १० र ११ गते केन्द्रीय कमिटी तथा १२ गते निर्वाचन परिचालन कमिटीको बैठक बोलाइएको छ ।
आजको बैठकमा कानुनमन्त्री गोविन्द बन्दीले ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक’ पेश गरेका छन् ।