शुक्रबार, चैत्र २९ २०८१

शुक्रबार, चैत्र २९ २०८१

बीमा पाउने आशामा बन्दकर्ता बनेर आफ्नै टिपरमा आगजनी

बीमा पाउने आशामा बन्दकर्ता बनेर आफ्नै टिपरमा आगजनी

 

दाङ । नेपाल बन्दको मौका छोपेर चालक र सहचालकलेनै टिप्परमा आगजनी गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । चालक राप्ती गाउँपालिका–८ पिपरी निवासी ३२ बर्षिय अरुण चौधरी र सह–चालक गढवा गाउँपालिका–७ चन्दनपुर निवासी १७ बर्षिय आकाश चौधरीले आफैंले टिप्परमा आगो लगाएको खुलेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी राजन गौतमले बताए ।

घटना संकास्पद भएपछी प्रहरीले चालक र सहचालकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियो । घोराहीलमही सडक खण्डको बबई पुल नजिकै रा १ ख १६९४ नम्बरको टिप्परमा भएको आगजनी संकास्पद भएपछि प्रहरीले दुबैजनलाई नियन्त्रणमा लिएको थियो ।

दुई दिनसम्म गोग्लीको ग्यारेजमा राखिएको टिप्पर बिहानै आगजनी भएको खबर पाएपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो । टिप्पर चालकले पाँच(छ जनाको समुहमा आएका बन्दकर्ताले आगजनी गरेको बताएका थिए ।

यता नेकपा दाङका जिल्ला सेक्रेटरी प्रदिप ओलीले टिप्पर आगजनीमा आफूहरुको संलग्नता नरहेको बताए ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend