
काठमाडाैं ।
टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले यस वर्षको दशैंलाई थप उत्साहजनक बनाउन ‘दशैँमा द–सही अफर’ ल्याएको छ । यस योजनाअन्तर्गत ग्राहकहरूले टाटा मोटर्सका कुनै पनि कमर्सियल गाडी (ट्रक, बस, टिपर, मिनी ट्रक, मिनी टिपर, एस, योद्धा, विंगर, म्याजिक वा इन्ट्रा) खरिद गर्दा टिभी, फ्रिज, वासिङ मेसिन, ओभन, ल्यापटप वा मोबाइलमध्ये कुनै एक उपहार प्राप्त गर्न सक्नेछन् ।
आफूले खरिद गरेको गाडीको सेग्मेन्टअनुसार विभिन्न उपहार छानेर लिन सकिने सिप्रदीले जनाएको छ । यसमा एएमसी, एक्सचेञ्ज, रिप्लेसमेन्ट र फाइनान्सजस्ता सुविधाहरू पनि रहेका छन् ।
सिप्रदी ट्रेडिङको कमर्सियल भेहिकल बिजनेस यूनिटका सिनियर जेनेरल म्यानेजर अनुपमणी ढकालका अनुसार, हरेक वर्षझैँ यसपालिको आउदो दशैंलाई लक्षित गर्दै ग्राहकहरुको तर्फबाट अफर सम्बन्धी सकारात्मक प्रतिक्रिया आएका छन् । विशेष गरी ७०% सम्मको फाइनान्सले सबैको हौसला बढाएको उनले बताए ।
कुन गाडीमा कुन अफर प्राप्त गर्न सकिन्छ, कहाँ–कहाँ पाइन्छ आदिजस्ता विस्तृत जानकारीका लागि फेसबुक पेज ‘टाटा मोटर्स ट्रक्स एण्ड बसेस नेपाल’ हेर्न वा ९८०११०७६०० मा मिसकल गर्न सकिने ढकालले जानकारी दिए ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend