काठमाडौं । बुधबार प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अचानक बालुवाटार पुगेर प्रधानमन्त्री शेरबहादुर देउवासँग झण्डै डेढ घण्टा छलफल गरेका छन् ।
छलफलमा प्रधानमन्त्री शेरबहादुर देउवासँगै सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र एमालेबाट अध्यक्ष ओलीको साथमा संसदीय दलका उपनेता सुवास नेम्वाङ र उपाध्यक्ष विष्णु पौडेल सहभागी थिए ।
प्रतिपक्षसँग सल्लाह नगरी कानुन निर्माणलगायत दीर्घकालीन महत्वका निर्णयमा सरकारले एकलौटी गरिरहेको भन्दै एमालेले आपत्ति जनाइरहेको बेला भएको छलफललाई अर्थपूर्णरूपमा लिइएको छ ।
आज बिहानको भेटमा सदनबाट पुनः पारित नागरिकता विधेयक, मंगलबार पेस गरिएको टीआरसी विधेयक, आसन्न मंसिर ४ को निर्वाचनसम्बन्धी कुराकानी भएको स्रोतले बतायो ।