आइतबार, चैत्र २४ २०८१

आइतबार, चैत्र २४ २०८१

विप्लव नेतृत्वको नेकपासँग गरेको सम्झौता विधिमा उभिएरै पुरा गर्छौंः गृहमन्त्री खाण

विप्लव नेतृत्वको नेकपासँग गरेको सम्झौता विधिमा उभिएरै पुरा गर्छौंः गृहमन्त्री खाण

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग गरेको सम्झौता कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । बुधबार प्रहरी प्रशिक्षण प्रतिष्ठानमा आयोजित काठमाडौं उपत्यकास्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठीमा मन्त्री खाणले भने, ‘यसअघिको सरकारले विभिन्न राजनितिक दलसँग गरेको सम्झौता विधिमा उभिएरै पुरा गर्न प्रतिवद्धताका साथ लागेका छौं ।’

केपी ओली नेतृत्वको सरकार र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको बिचमा भएको सहमति अनुसार सो पार्टीका कार्यकर्ता अझै जेलमुक्त भएका छैनन् । ‘उहाँहरुलाई मेरो आग्रह छ, सहमतिलाई अघि बढाउने कुरामा सरकार गम्भीरतापूर्वक लागेको छ,’ गृहमन्त्री खाणले भने, ‘केही कानुनी जटिलता छन् तर सम्झौतालाई सम्वोधन गरेर सवैलाई राष्ट्र निर्माणमा सहभागी गराउन चाहन्छौं ।’

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend