काठमाडौं । महाअभियोग सिफारिस समितिले प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबरालाई बयानको लागि बोलाएको छ । बुधवार सिंहदरबारमा बसेको समितिको बैठकले प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबरालाई बयानका लागि भदौ १५ गते ११ बजे बोलाउने निर्णय गरेको हो ।
बैठकपछि निर्णय सुनाउँदै समितिका सभापति रामबहादुर बिष्टले सो कुराको जानकारी दिएका हुन् । उनले समितिको बैठकले समितिको आन्तरिक कार्यविधि संशोधनसहित स्वीकृत गरिएको बताए । बैठकको निर्णय सुनाउँदै समिति सभापति बिष्टले भने – ‘महाअभियोग सिफारिस समितिले समितिको आन्तरिक कार्यविधि संशोधनसहित स्वीकृत गरिएको छ । दोस्रो, समितिको कार्यतालिकालाई परिमार्जनसहित स्वीकृत गरिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबरालाई मिति २०७९÷०५÷१५ गते ११ बजे सोधपुछ बयानको लागि बोलाउने निर्णय गरियो ।’
बैठकले समितिको कार्यतालिकालाई पनि परिमार्जनसहित स्वीकृत गरेको छ ।