logo

२०८१ माघ १७ बिहिबार

logo
  • बिहिबार, १७ माघ २०८१
  • विद्युत प्राधिकरणले लाजिम्पाटबाट भूमिगत लाइनमार्फत बिजुली वितरण सुरु गर्दै

    विद्युत प्राधिकरणले लाजिम्पाटबाट भूमिगत लाइनमार्फत बिजुली वितरण सुरु गर्दै

    2K
    Shares

    काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले काठमाडौंमा भूमिगत लाइनबाट विद्युत् वितरण सुरु गर्ने भएको छ । करिब १ महिनापछि काठमाडौंको लाजिम्पाट क्षेत्रमा घर–घरमै भूमिगत लाइनबाटै बिजुली जोड्ने तयारी छ । नेपाल विद्युत् प्राधिकरण, आयोजना व्यवस्थापन निर्देशनालयका प्रमुख तारा प्रधानका अनुसार महाराजगञ्ज र रत्नपार्क वितरण केन्द्र अन्तर्गतका पानीपोखरी, लाजिम्पाट र नारायणहिटी संग्रहालय आसपासका क्षेत्रमा भूमिगतलाइनबाटै बिजुली वितरण गर्न तयारी सुरु भएको हो ।

    उनका अनुसार अहिले वितरण ट्रान्सफर्मरहरु व्यवस्थापन गर्ने काम भइरहेको छ । प्राधिकरणले सडकबाट उपभोक्ता घर र कार्यालयसम्म भूमिगत रुपमा तार लैजाने छ । र, मिटरमा जोड्ने छ । भूमिगत लाइनबाट बिजुली जोडेपनि केही महिना पोल भने हटाउने छैन । ‘परीक्षण सफल भएपछि ओभरहेड लाइन पनि क्रमैसँग हटाउँछौं’ उनले भने । आगामी हिउँद यामसम्म सकेसम्म काम सकिएका धेरै क्षेत्रका भूमिगत लाइनहरु चार्ज गर्ने प्राधिकरणको योजना छ ।

    उनका अनुसार हिउँदमा काठमाडौंमा लोड बढेर वितरणलाइनमा समस्या देखिने गरेको छ । यसका कारण हिउँदसम्म सकेसम्म धेरै फिडरमा भूमिगत लाइनबाट चार्ज गर्ने प्राधिकरणको तयारी छ । महाराजगञ्ज र रत्नपार्क वितरण केन्द्रका करिब १ लाख घरमा स्मार्ट मिटर जोडेको छ । काठमाडौको वितरणलाइन सुदृढीकरण गर्न प्राधिकरणले उपत्यका भर बिजुलीको तार भूमिगत गर्न ठेक्का लगाएर काम गरिरहेको छ ।

    काठमाडौंमा भूमिगत वितरणलाइन विछ्याइरहेको प्राधिकरणले ६ महिनापछि ओभरहेड वितरणलाइन हटाउने दाबी गरेको छ । यसपछि इन्टरनेटका तार समेत पोलमा राख्न नपाइने भएकाले प्राधिरकणले विकल्प सोच्न इन्टरनेट सेवा प्रदायकलाई आग्रह गर्दै आएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend