logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • माधव नेपालको पार्टीले भोली पार्टी पुनर्गठन दिवस मनाउने

    माधव नेपालको पार्टीले भोली पार्टी पुनर्गठन दिवस मनाउने

    4K
    Shares

    काठमाडौं । नेकपा एकीकृत समाजवादीले बिहीवार पार्टी पुनर्गठन दिवस मनाउने भएको छ । एकीकृत समाजवादीले निर्वाचन अयोगबाट पार्टी दर्ता प्रमाणपत्र पाएको दिन भदौ ९ गतेलाई पार्टी पुनर्गठन दिवसको रुपमा मनाउन लागेको हो । गत वर्ष नेकपा एमालेबाट विभाजन भई माधवकुमार नेपालको नेतृत्वमा भदौ २ गते निर्वाचन आयोगमा दल दर्ताको लागि निवेदन दिएकोमा भदौ ९ गते सो पार्टीले दर्ता प्रमाणपत्र पाएको थियो ।

    बुधवार पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले बिहीवार अर्थात भोलि दिउँसो १ बजे बानेश्वरस्थित अर्पण ब्यांक्वेटमा पुनर्गठन दिवस मनाउन लागिएको जानकारी दिए । उनले आफूहरुको पार्टी पुनर्गठन पश्चात पहिलो परिणाम प्रतिगमनकारी एमालेको झुण्डलाई सत्ताबाट झारेको र लोकतान्त्रिक शक्तिलाई एक ठाउँमा उभ्याएर संविधान जोगाएको बताए ।

    उनले पार्टीले हालसम्म ५ लाख सदस्यता वितरण गरिसकेको बताए । २ लाख भन्दा बढी सदस्य पार्टीका विभिन्न कमिटीमा आवद्ध भइसकेको पनि उनले जानकारी दिए । त्यस्तै पार्टीको निर्वाचन चिन्ह कलमको व्यापक प्रचार–प्रसार भइसकेको उनले बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend