काठमाडौं । काठमाडौं महानगरपालिकाले कोटेश्वर क्षेत्रका फुटपाथ व्यवसायीलाई हटाउन सुरु गरेको छ । कोटेश्वर क्षेत्रमा फुटपाथ ओगटेर व्यापार–व्यवसाय सञ्चालन गरिरहेका व्यवसायीहरुको सामान हटाउने, जफत गर्ने काम महानगर प्रहरीले गरिरहेको छ । मेयर बालेन्द्र साह (बालेन) को निर्देशन पछि महानगर प्रहरी अहिले सो क्षेत्रमा परिचालति भएको हो ।
काठमाडौंको फुटपाथ, पुल लगायतका क्षेत्रमा व्यापार(व्यवसाय सञ्चालन गर्दा पैदलयात्रुहरुलाई हिँड्न गाह्रो भएको भन्दै महानगरले फुटपाथ व्यवसायीलाई हटाउँदै आएको छ ।