शुक्रबार, चैत्र २९ २०८१

शुक्रबार, चैत्र २९ २०८१

मलामी गएका एक जना सेतीमा बगेर बेपत्ता

मलामी गएका एक जना सेतीमा बगेर बेपत्ता

धनगढी । डडेल्धुरामा मलामी गएका एक जना सेती नदीमा बगेर बेपत्ता भएका छन्। अमरगढी नगरपालिका वडा नम्बर ९ पनौलीका ५० वर्षीय चेतबहादुर साउँद डोटीको शिखर नगरपालिका वडा नम्बर १० स्थित सेती नदीमा बेपत्ता भएका हुन्।

बेपत्ता साउदको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक मनोहरप्रसाद भट्टले बताए। अहिले त्यहाँ सशस्त्रको टोली खटिएको छ।

उनी अमरगढी नगरपालिका वडा नम्बर १० मा रहेको सहश्रलिंग माविमा कार्यरत लेखापाल भक्तबहादुर साउदको मलामी गएका थिए।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend