logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • महिला तथा बालबालिका मन्त्रालयको आयोजनामा तारे होटलमा कांग्रेस नेतृहरुको दरखाने कार्यक्रम

    महिला तथा बालबालिका मन्त्रालयको आयोजनामा तारे होटलमा कांग्रेस नेतृहरुको दरखाने कार्यक्रम

    7.6K
    Shares

    काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका नेतृहरुले सरकारी खर्चमै चारतारे होटलमा तीजको दरखाने कार्यक्रम आयोजना गरेका छन् । यो कार्यक्रमको आयोजक महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मी हुन् । उनी कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिकी सदस्य समेत हुन् । कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ र पूर्व कोषाध्यक्ष चित्रलेखा यादवसमेत उपस्थित कार्यक्रमको प्रमुख अतिथि भने कांग्रेस केन्द्रीय सदस्य डा.आरजु राणा देउवा थिइन् ।

    जो प्रधानमन्त्री शेरबहादुर देउवाकी धर्मपत्नी हुन् । उनलाई ‘प्रथम महिला’ को हैसियतमा कार्यक्रमको प्रमुख अतिथि बनाइएको आयोजकको भनाई छ ।महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले कुपण्डोलस्थित चारतारे हिमालय होटलमा तीजको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम राखेको थियो । कार्यक्रममा भूमिसुधार मन्त्री एवं माओवादी नेतृ शशी श्रेष्ठ र केही कर्मचारी बाहेक ‘गैर कांग्रेसी’ देख्न मुस्किल थियो । सहभागीहरुले छोटो औपचारिक कार्यक्रमपश्चात ‘दर’ खाएका थिए भने नाँचगानमा मन्त्री रेग्मीसहितका नेतृहरु सरिक भएका थिए ।

    चर्चित गायिका राधिका हमालले सांगितिक प्रस्तुती दिएको कार्यक्रममा कांग्रेसका १ सय बढी महिला नेतृ एवं कार्यकर्ता उपस्थित थिए । तीमध्ये अधिकांशलाई आयोजक मन्त्रालय हो भन्नेसमेत थाहा थिएन । दर खान पुगेकी कांग्रेसकी एकनेतृले भनिन् ‘उमादिदीले तीजको दरका लागि बोलाउनुभएको भनेर पुगेका थियौं । कार्यक्रम त सरकारी परेछ । ’
    गत साउन १८ गतेमात्रै प्रधानमन्त्री देउवाले मन्त्रिपरिषदका सबै मन्त्री र सचिवहरुलाई बोलाएर ‘मितव्ययी’ बन्न निर्देशन दिएका थिए । अर्थतन्त्र गम्भीर मोडमा रहेको भन्दै प्रधानमन्त्रीले त्यतिबेला अत्यावश्यक बाहेक काममा मन्त्रालयको बजेट खर्च नगर्न र मितव्ययी बन्न निर्देशन दिएका थिए । प्रधानमन्त्री पत्नीकै उपस्थितिमा प्रधानमन्त्रीको निर्देशन समेतको सामूहिक उल्लघंन कांग्रेस नेतृहरुले गरेका छन् ।

    कार्यक्रमका सहभागिहरुलाई दर खान भन्दै बुधबार मध्यान्ह १२ बजे होटल हिमालयमा बोलाइएको थियो । केहीबेर ढिला गरी सुरु भएको औपचारिक कार्यक्रममा कुनै ब्यानर राखिएको थिएन । यद्यपि मन्त्रालयका सचिव डिल्लीराज शर्मा लगायत उच्चपदस्थ कर्मचारीहरु कार्यक्रमको व्यवस्थापनमा खटिएका थिए । औपचारिक कार्यक्रम सकिएपनि केही घण्टा नाँचगान गरेर कांग्रेस नेतृहरु छुट्टिएका थिए । मन्त्रालयका एक कर्मचारीले विगतको अभ्यास थाहा नभएपनि यसपटक मन्त्रालयले आफ्नै खर्चमा तीजको कार्यक्रम राखेको प्रतिक्रिया दिए ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend