logo

२०८१ असोज २४ बिहिबार

logo
  • बिहिबार, २४ असोज २०८१
  • मकवानपुर र सप्तरीमा डुबेर दुई जनाको मृत्यु

    मकवानपुर र सप्तरीमा डुबेर दुई जनाको मृत्यु

    6K
    Shares
    मकवानपुर र सप्तरीमा डुबेर दुई जनाको मृत्यु

     

    काठमाडौं । मकवानपुर र सप्तरीमा डुबेर दुई जनाको मृत्यु भएको छ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१ चौकी टोलस्थित राप्ती खोलामा डुबेर सोही उपमहानगरपालिका–५ लट्रीनाथ बस्ने १५ वर्षीय समर लामाको बुधबार मृत्यु भएको छ ।

    पौडी खेल्ने क्रममा डुबेर अशक्त भएका उनको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

    सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–४ अर्जि मझुवापुर बस्ने जितेन्द्र सिपलियाको ७ वर्षीय छोरा देविल सिपलियाको घर नजिकैको पोखरीमा डुबेर बुधबार मृत्यु भएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend