सोमबार, बैशाख ८ २०८२

सोमबार, बैशाख ८ २०८२

सप्तरीमा फेला परेको लोपोन्मुख अजिङगरको उद्धार

सप्तरीमा फेला परेको लोपोन्मुख अजिङगरको उद्धार

सप्तरी । सप्तरीको कंचनरुप नगरपालिका–१० बदगामामा फेला परेको ठूलो खालको अजिङगरलाई आज उद्धार गरिएको छ । स्थानीय डम्बरखडगा यादवको फुसको घरकोमाथि चारमा रहेको उक्त अजिङगरलाई उद्धार गरिएको हो ।

सबडिभिज वन कार्यालयबाट गएको टोलीले अन्दाजी छ÷सात फिट लामो लोपोन्मुख अजिङगरलाई उद्धार गरिएको वन कार्यालयका प्रमुख रामदेव चौधरीले जनाकारी दिए । करिब १० केजीको उक्त अजिङगरलाई उद्धार गरी कोसी टप्पु वन्यजन्तु आरक्षणस्थित कोसी नदीको पानीमा छाडिएको उनले बताए । नेपाली सेना, नेपाल प्रहरी र स्थानीय गाउँले पनि उद्धारमा खटिएका थिए ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend