शुक्रबार, चैत्र २९ २०८१

शुक्रबार, चैत्र २९ २०८१

सी.जी. ब्राण्डले ल्यायो दशैं–तिहार उपहार योजना

सी.जी. ब्राण्डले ल्यायो दशैं–तिहार उपहार योजना

 

काठमाडौं । नेपालकै सबैभन्दा ठूलो र नम्बर १ इलेक्ट्रोनिक्स् ब्राण्ड सी.जी. ले यसपालीको दशैं, तिहार, तथा छठको चाडपर्वलाई लक्षित गर्दै नयाँ उपहार योजना बजारमा ल्याएको छ । सी.जी. सँग यो पर्व, गरौं गर्व नामक यस योजना अन्तर्गत कम्पनीले रु. ४६,००० सम्मको आकर्षक क्यासब्याकका साथै विभिन्न पक्का उपहारहरु जित्ने अवसर प्रदान गर्ने भएको छ ।

कम्पनीका अनुसार ग्राहकवर्गहरुले सी.जी. ब्राण्ड साथैसी.जी. ब्राण्ड अन्तर्गतको सी.जी. मेरिडिया सिग्नेचर सिरिजका प्रोडक्टहरु घर ल्याई गर्वका साथ नेपालको आप्mनै गुणस्तरीय ब्राण्ड प्रयोग गर्न सक्नेछन्भने आकर्षक क्यासब्याक तथा उपहारहरुको आनन्द लिई पर्वलाई महापर्व बनाउन सकिनेछ ।

उक्त योजना अन्तर्गत ग्राहकहरुले सी.जी. ब्राण्डका सिंगल डोर रेफ्रिजरेटर, चेस्ट फ्रिजर, स्पिकर, कुलर तथा भ्याकुम क्लिनरको खरिदमा आकर्षक क्यासब्याक पाउन सकिनेछ । साथै, सी.जी. का ४३” सम्मका टेलिभिजनहरुकोखरिदमा आकर्षक क्यासब्याक तथा ५०” भन्दा माथिका टेलिभिजनहरुमा २.१ स्पिकर उपहार पाउन सकिनेछ ।

त्यसैगरी, सी.जी. डबल डोर रेफ्रिजरेटरको खरिदमा फ्राइ प्यान, मल्टी डोर रेफ्रिजरेटरमा मेरिडिया भ्याकुम क्लिनर, माइक्रोवेभको खरिदमा एल.जी. कुकिङ्ग किट, फ्रन्ट लोड वाशिङ्ग मेशिनको खरिदमा ६ के.जी. एरियल, सेमी तथा टप लोड वाशिङ्ग मेशिनको खरिदमा २ के.जी. एरियल, डिश वाशरको खरिदमा २ प्याकेट डिश वाश प्याकेट तथा ए.सी. को खरिदमा निःशुल्क जडान जस्ता पक्का उपहारहरु प्राप्त गर्न सकिनेछ ।

यो आकर्षक योजना कम्पनीले भाद्र ०९, २०७९ देखि देशभरमा सिमित अवधिका लागि लागु गरेको छ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend