logo

२०८१ कार्तिक ३० शुक्रबार

logo
  • शुक्रबार, ३० कार्तिक २०८१
  • उदयपुरमा निर्वाचन गतिविधि सुरु

    उदयपुरमा निर्वाचन गतिविधि सुरु

    6.9K
    Shares
    उदयपुरमा निर्वाचन गतिविधि सुरु

    उदयपुर । मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनलाई निष्पक्ष बनाउन जिल्ला निर्वाचन कार्यालय उदयपुरले निर्वाचन सम्बन्धी गतिविधि सुरु गरेको छ।

    कार्यालयले मतदाता नामावलीमा भएका त्रुटिलाई सुधार गर्न दाबीविरोध अद्यावधिक कार्य सुरु गर्न जिल्लास्थित राजनीतिक दल र सरोकारवाला निकायसँग छलफल गरेको हो।

    खासगरी बसाइसराई र विवाह गरी अन्यत्र गएकाहरूको दोहोरो मतदाता नामावली हुन सक्ने अवस्थालाई मध्यनजर गरी कार्यालयले एक व्यक्ति एक ठाउँ मतदाता नामावली कार्यक्रमलाई अघि सारेको हो।

    त्यसैगरी मतदाता नामावली सच्याउने, हटाउने, दाबी विरोध, उजुरी लगायतका कार्यलाई पनि समयसिमा तोकेको छ।

    आयोगले देशैभरी भदौ १२ गतेदेखि १९ गतेसम्म मतदाता नामावलीमा भएका त्रुटि सच्याउने, नाम हटाउने, उजुरी दिने लगायतका अभियान सञ्चालन गर्ने जिल्ला निर्वाचन अधिकृत खेमराज कोइरालाले जानकारी दिए।

    मृत्यु भएकाहरूको लगत कट्टा नहुँदा निर्वाचनका बेला झुक्याएर अर्को व्यक्तिले मतदान गर्न सक्ने भएकाले त्यस्ता क्रियाकलापलाई रोक्न दाबी विरोध कार्यक्रम ल्याइएको बताए।

    मृत्यु भएका, विवाह गरी गएका, बसाइँसराई, नागरिकता त्याग गरेकाहरूको लगत कट्टा नहुँदा निर्वाचनको निष्पक्षतामाथि नै प्रश्नचिन्ह उठ्ने गरेकाले समयमा नै मतदाता नामावलीमा दावीविरोध कार्यक्रम सुरु गरिएको उनले बताए।

    त्यसका लागि स्थानीय तहका वडा कार्यालय सूचना टाँस गर्ने र त्यसअवधिमा सप्रमाण आएका दाबी विरोधका आधारमा एक व्यक्तिको एक ठाउँ मात्र कायम हुने गरी नामावाली अद्यावधिक गरिने उनले बताए।

    कार्यक्रममा बोल्दै जिल्ला न्यायाधीश कृष्णप्रसाद सुवेदीको लोकतन्त्रको सुन्दर पक्ष भनेकै निर्वाचन भएकाले यसलाई व्यवस्थित र मर्यादित बनाउनुपर्ने सुझाव दिए। उनले निर्वाचनलाई निष्पंक्षता बनाउने जिम्मा सबै पक्षको भएकाले सहयोग गरिदिन आग्रह गरे।

    कार्यक्रममा प्रमुख जिल्ला वीरेन्द्रकुमार यादवले मतदाता नामावली अध्यावधिकका लागि मतदातालाई जागरुक बनाउन राजनीतिक दल र सञ्चारकर्मीलाई आग्रह गरे।

    कार्यक्रममा बोल्ने वक्ताहरूले स्थानीय तहको निर्वाचनमा मतदाता नामावलीमा गम्भीर त्रुटि रहेको बताए। उनीहरूले एकपटक फोटोसहितको मतदाता नामावली बनाएर मतदान गरिसकेको व्यक्ति यसपपटक मतदाता नामावली नभएका कारण बञ्चित हुन् पुगेको बताए।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend