काठमाडौं । नयाँबानेश्वरस्थित अल्फाबिटाको कम्प्लेसको अवैध संरचनाममा काठमाडौं महानगरपालिकाले डोजर लगाएको छ । अवैध संरचनाहरु हटाउने अभियान चलाएका मेयर बालेन साह बिहीबार बिहान बानेश्वर क्षेत्रको अनुगमनमा आएका थिए । उनले अल्फाबिटामा पुगेर अवैध संरचना हटाउन आग्रह गरेका थिए ।
तर अल्फाबिटाका प्रतिनिधिले अवैधानिक काम नगरेको मात्र जिकिर गरेनन्, मेयरलाई डन नबन्न चेतावनी समेत दिएका थिए । मेयर बालेनले घरको नक्सा देखाउन आग्रह गर्दा उल्टो महानगरमा हुनुपर्ने बताएका थिए । विवादपछि फर्किएका मेयर बालेन घरको नक्सा र डोजर लिएर अल्फबिटा पुगे ।
अल्फाबिटाका प्रतिनिधिले आफ्नो गल्ती स्वीकार गर्दै समय मागेका थिए । तर महानगरको टोलीले त्यसलाई सुनेन र अवैध रुपमा हालेको सटर हटाएको छ । फर्मेसी खाली गर्न लगाएर महानगरको टोलीले अवैध रुपमा बनाएको संरचनामा डोजर चलाएको हो ।