logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • एमाले पोलिटब्यूरो बैठकः फरक मतलाई पनि छलफलमा सहभागी गराउने निर्णय

    एमाले पोलिटब्यूरो बैठकः फरक मतलाई पनि छलफलमा सहभागी गराउने निर्णय

    7.5K
    Shares
    एमाले पोलिटब्यूरो बैठकः फरक मतलाई पनि छलफलमा सहभागी गराउने निर्णय

     

    काठमाडौं । नेकपा (एमाले)ले भोलीबाट सुरु हुने पार्टी केन्द्रिय कमिटी बैठकका लागि आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन केन्द्रित एजेण्डाहरु तय गरेको छ । बिहीबार पार्टी केन्द्रिय कार्यालय च्यासलमा बसेको पार्टी पोलिटब्यूरो बैठकले सो निर्वाचनको तयारीमा केन्द्रित भई भोलीबाट सुरु हुने केन्द्रिय कमिटी बैठकको एजेण्डा तय गरेको हो ।

    एमालेको केन्द्रिय कमिटी बैठक भदौं १० र ११ गते बस्दैछ । सोही बैठकमा लागि आगामी निर्वाचन केन्द्रित एजेण्डाहरु पार्टी पोलिटब्यूरो बैठकले तय गरेको सचिव योगेशकुमार भट्टराईले बताए । उनका अनुसार केन्द्रिय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नु हुने र त्यसमा सामूहिक छलफल गरी प्राप्त सुझावलाई समावेश गरी पारित गरिनेछ । त्यसैगरी बैठकमा सात वटै प्रदेशका प्रदेश कमिटीका अध्यक्षहरुले आ–आफ्ना प्रदेश मातहतका निर्वाचन क्षेत्रको अवस्थासहितको रिर्पोटिङ गर्नेछन ।

    सचिव भट्टराईले आगामी निर्वाचनमा पार्टीको अवस्थाबारे सो रिर्पोटिङले पनि जानकारी गराउने भएकाले प्रदेश कमिटीका अध्यक्षहरुको रिर्पोटिङको विषयलाई पनि केन्द्रिय कमिटी बैठकको एजेण्डा बनाइएको बताए । बैठकमा निर्वाचनका लागि घोषणा पत्र बनाउने कुरालाई पनि एजेण्डाका रुपमा प्रस्तुत गरिनेछ । सचिव भट्टराईले भने, ‘हाम्रो पार्टी नेकपा (एमाले)को केन्द्रिय कमिटी बैठक यही भदौंको १० र ११ गते आयोजना हुन गईरहेको छ । र, आजको पोलिटब्यूरो बैठकले केन्द्रिय कमिटी बैठकका ऐजण्डाहरु निश्चित गरेको छ । र, भोलिको बैठकमा पहिलो कुरा त, सात वटै प्रदेशबाट स्थानीय तह निर्वाचनपछिको रिर्पोटिङहरु प्रस्तुत हुन्छ । र, आगामी निर्वाचनको सम्भावित कुरा के हो भन्ने पनि सात वटै प्रदेशका अध्यक्षहरुबाट प्रस्तुत हुन्छ ।

    नम्बर २, पार्टी अध्यक्षबाट यो बीचमा भएका विभिन्न कार्यक्रमहरुको प्रतिवेदन, पार्टीले लिनुपर्ने धारणा, कार्ययोजनाहरुको एउटा समग्र प्रतिवेदन पार्टी अध्यक्षले प्रस्तुत गर्नु हुन्छ । र, त्यो प्रतिवेदनमाथि हामी समूह विभाजन गरेर छलफल गर्छाै । र, आएका सुझावहरुलाई समावेश गर्दै त्यो प्रतिवेदनलाई केन्द्रिय कमिटी बैठकले पास गर्छ । अव अरु एजेण्डा के छ भने यो बैठकको मुख्य एजेण्डा निर्वाचनको तयारी हो । यसमा पनि असोजको १ र २ गते नै समानुपातिकको उम्मेदवारको लिष्ट बुझाउनुपर्नेछ । असोजको २१ र २२ गते अर्को प्रत्यक्षको नोमिनेशन हुन्छ ।

    त्यसो भएको हुनाले हामीले के गरेका छौं भने भदौं २० गतेसम्ममा तल निर्वाचन क्षेत्रीय कमिटीदेखि जिल्ला कमिटी हुँदै प्रदेश कमिटीसम्मले भदौं २० गतेसम्ममा केन्द्रिय कमिटीमा, केन्द्रिय कार्यालयमा उम्मेदवारहरुको सिफारिस गर्ने । त्यसमा हाम्रो पोलिटव्यूरोको प्रस्ताव के छ भने प्रतिनिधिसभामा एउटा जिल्लाबाट एक जना महिला अनिवार्य सहित ३ जनाको नाम सिफारिस गर्ने । त्यस्तै प्रदेशमा पनि १ जना महिला अनिवार्यसहित ३ जनाको नाम सिफारिस गर्ने । र, समानुपातिकमा पनि आवश्यक अनुसार सिफारिस गर्ने । यो २० गतेसम्म सिफारिस हुन्छ ।

    त्यसलाई केन्द्रिय कमिटी, केन्द्रिय कार्यालयको टीमले आवश्यक छान्ने काम गर्छ । र त्यसका मापदण्डहरु पनि निश्चित गरिएको छ । त्यसमा पार्टीप्रति प्रतिवद्ध, राजनीतिक, बैचारिक हिसावले स्पष्ट, जित्न सक्ने हैसियत हुनुप¥यो । यीनै कुराहरुलाई मापदण्डको रुपमा राखेका छौं । सिनियर, लोकप्रिय पनि हुनुप¥यो । यो मापदण्ड पनि राखेका छौं । यसको आधारमा सिफारिस हुन्छ । निर्वाचनको घोषणा पत्र बनाउन पार्टी अध्यक्षको नेतृत्वमा घोषणा पत्र मस्यौदा समिति बनाइएको छ । भदौ १५ गतेसम्म त्यसका लागि आवश्यक सुझाव संकलन गरिनेछ । र, केन्द्रिय कमिटीको छलफल पछि त्यसलाई जारी गर्नेछौं ।’

    एमालेको केन्द्रिय कमिटी बैठकले आगामी निर्वाचनका लागि उम्मेदवारहरुको मापदण्ड पनि तय गर्नेछ । पोलिटव्यूरो बैठकले पार्टीप्रति प्रतिवद्ध, राजनीतिक, बैचारिक हिसावले स्पष्ट, जित्न सक्ने, सिनियर र लोकप्रियलाई उम्मेदवार बनाउने निर्णय गरेको र सोही विषयमा पनि केन्द्रित कमिटी बैठकमा छलफल हुने सचिव भट्टराईले बताए ।

    बैठकले केन्द्रिय कमिटी बैठकमा फरक मतलाई पनि छलफलमा सहभागी गराउने निर्णय गरेको छ । पार्टी स्थायी कमिटीका नेता घनश्याम भुसालले फरकमत प्रस्तुत गर्ने तयारी गरिरहेका बेला एमाले सचिव भट्टराईले केन्द्रिय कमिटी बैठकमा पनि त्यसबारे छलफल हुने बताए । उनले भने, ‘हाम्रो पार्टीको केन्द्रिय कमिटी बैठकमा फरक मतमाथि जहिले पनि छलफल भएको छ र हुन्छ । ती मतहरु कतिपयलाई अस्विकार गरिन्छ । कतिपयलाई थाति राखिन्छ भने कतिपयलाई स्विकार गरिन्छ । पार्टीलाई एकतावद्ध गर्ने र आजको चुनौतिहरुलाई सामना गर्नेगरी अगाडि बढछौं ।’

    पार्टीलाई एकतावद्ध राख्दै आजका चुनौतिहरुको सामना गरेर अघि बढने गरी केन्द्रिय कमिटी बैठकमा छलफल हुने एमालेले जनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend