काठमाडौं । नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर हिमालय शमशेर जबराले वैदेशिक मुद्राको समेत संकट आउन सक्ने अवस्था मुलुकमा विद्यमान रहेको भन्दै चिन्ता व्यक्त गरे । काठमाडौंमा आयोजित ‘संविधान कार्यान्वयनः नयाँ संसदीय निर्वाचनको एजेण्डा’ विषयक एक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
सरकारको कामकारबाही सन्तोषजनक नरहेको उल्लेख गर्दै उहाँले अव आउने निर्वाचनमा भने ती समस्याहरु समाधान गर्न सक्ने जनप्रतिनिधि जनताले निर्वाचित गराउनुपर्ने आवश्यक्ता औंल्याए ।
जबराले मुलुकमा आर्थिक संकट आउन सक्ने पनि बताए । उनले भने, ‘देशको परिस्थिति राम्रो छैन । गभर्मेन्टको परफमेन्स सन्तोषजनक छैन । फरेन करेन्सीको क्राईसेस आउँला जस्तो छ । यस विषय परिस्थितिको गम्भिर छलफल गरेर मुलुकलाई निकास दिन सक्नेगरी आगामी संसद बन्नुपर्छ ।’