बिहिबार, बैशाख ४ २०८२

बिहिबार, बैशाख ४ २०८२

झापामा जंगली हात्तीको आक्रमणमा परी बुबा–छोरा घाइते

झापामा जंगली हात्तीको आक्रमणमा परी बुबा–छोरा घाइते

झापा । झापाको हल्दिबारीमा जंगली हात्तीको आक्रमणमा परी बुबाछोरा घाइते भएका छन्। घाइते हुनेहरूमा हल्दिबारी गाउँपालिका(२ निवासी ४९ वर्षीय कारसिंह र उनका ५ वर्षीय छोरा नरेन्द्र राजवंशी घाइते भएको प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरीका अनुसार हल्दिबारी–२ मा शनिबार बिहान करिब साढे ४ बजेको समयमा मर्निङ वाकमा निस्केको अवस्थामा बुबा छोरासँग हात्तीको जम्काभेट भएको थियो । सोही क्रममा हात्तीले खेदेर उनीहरूमाथि आक्रमण गरेको हो ।

उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको र हाल दुवै जनाको मेची अस्पताल भद्रपुरमा उपचार भइरहेको जनाइएको छ । गए राति नै चारकोशे जलथल जंगलबाट निस्किएको चार वटा हात्तीले एउटा पसलमा समेत क्षति पुर्याएको स्थानीय बताउँछन् । पछिल्लो समयमा जलथल जंगल आसपासका स्थानीयवासी हात्तीको उच्च जोखिममा छन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend